इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड विजयी | Khabarhub Khabarhub

इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड विजयी


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आयरल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा इङ्ल्यान्डमाथि सात विकेटको सनसनीपूर्ण जित निकालेको छ ।

जितका लागि ३ सय २९ रनको लक्ष्य पाएको आयरल्यान्डले ४९.५ ओभरमा तीन विकेट गुमाएर आवश्यक रन बनाएको हो ।

आयरल्यान्डका लागि पउल स्टर्लिङले १ सय ४२ र कप्तान एन्ड्रयु बालबिरनीले १ सय १३ रन बनाए । यो नै आयरल्यान्डको जितको आधार बन्यो । उनीहरूले दोस्रो विकेटका लागि २ सय १४ रनको साझेदारी गरे ।

यसअघि इङ्ल्यान्ड ४९.५ ओभरमा अलआउट भएको थियो । टोलीका लागि इओन मोर्गनले १ सय ६ रन बनाएका थिए । यो नतिजापछि तीन एकदिवसीयको शृंखला इङ्ल्यान्डको पक्षमा २–१ ले टुंगिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ०६ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।