नेपाली दूतावास जापानका नवनियुक्त उपनियोग प्रमुख कोरोना संक्रमित « Khabarhub

नेपाली दूतावास जापानका नवनियुक्त उपनियोग प्रमुख कोरोना संक्रमित


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानस्थित नेपाली राजदूतावास टोकियोका नवनियुक्त उपनियोग प्रमुखमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार बर्षे कार्यकाल सम्हाल्न टोकियो पुगेकै दिन नारिता विमानस्थलमा भएको कोभिड १९ परीक्षणमा दूतावासका वरिष्ठ अधिकारीमा कोरोना संक्रमण भएको पाइएको हो ।

मंगलबार चार्टर उडान मार्फत जापान पुगेका उपनियोग प्रमुख अम्बिका प्रसाद जोशी कोरोना भाइरस संक्रमित भएको पाइएपछि जापानस्थित अध्यागमन अधिकारीहरुले उनलाई विमानस्थलबाटै उपचारको लागि लगेको बताइएको छ ।

नेपाली राजदूतावास जापान श्रोतका अनुसार कोरोना संक्रमण भएको कुनै लक्षण नदेखिए पनि परीक्षणमा संक्रमण देखिएको हो ।

परिवारसहित जापान आईपुगेको दिनमा नै कोरोना संक्रमण देखिएका जोशीलाई नेपालमा नै संक्रमण भएको पाईएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि हाल जापान सरकारले तोकेको ठाउँमा रहेर जोशीको उपचार भईरहेको छ ।

जोशीसँगैको उडानमा २८ जना नेपालीहरु जापान उडेका थिए भने जापानबाट २ सय ६८ जना नेपाली सोही बिमानमा नेपाल फर्किएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : २८ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका