रौतहटमा पनि शनिबारदेखि निषेधाज्ञा « Khabarhub

रौतहटमा पनि शनिबारदेखि निषेधाज्ञा


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबारदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्लाको गौर, राजदेवी, चन्द्रपुर लगायतका स्थानीय तहमा समुदायका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखिएका कारण समुदायमा संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरिएको छ ।

स्वास्थ्य, विद्युत्, दूरसंचार, खानेपानी, दूध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव बाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : १६ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा