विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

एकै दिन ६ हजार ८३० जनाको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७० हजार ५४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । बिहीबार बिहानसम्म १ करोड २१ लाख ६० हजार ६७५ जना निको भएका छन् ।

यस्तै एकै दिन ६ हजार ८३० जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ११ हजार १०८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ८७७ जनाको मृत्यु भएको छ । २९ लाख ६३ हजार ४८७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २७ हजार ६९१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५८ लाख ४८ हजार ६३७ पुगेको छ । त्यसमध्ये ३१ लाख ८ हजार २४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३ हजार ८५४ जनाको मृत्यु भएको छ । ४६ लाख ८५ हजार ९३२ जना संक्रमित भएकोमा ३५ लाख ११ हजार ८३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५२ हजार ७१६ जनाको मृत्यु भएको छ । ४४ लाख ५३ हजार १७९ जना संक्रमित भएकोमा ३० लाख ७१ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २१ हजार ६८३ जनाको ज्यान गएको छ भने ९ लाख ९७ हजार ६०२ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ७७ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २७२ जनाको मृत्यु भएको छ । २१ हजार २७९ जना संक्रमित भएकोमा १२ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ४५ बजे

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको