प्रचण्ड-माधव समूह ‘ग्याङ अफ फोर’ :  प्रधानमन्त्रीका सल्लाहकार  थापा « Khabarhub

प्रचण्ड-माधव समूह ‘ग्याङ अफ फोर’ :  प्रधानमन्त्रीका सल्लाहकार  थापा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रचण्ड -माधव समूहलाई ‘ग्याङ अफ फोर’ को संज्ञा दिएका छन् ।

नेकपाका चार नेताको बुधबार भएको पत्रकार सम्मेलनलाई लक्षित गर्दै थापाले १० वर्ष अघिको नेकपा माओवादीको धोवीघाट गठबन्धनको परिणामपछि माओवादी धार १ दर्जन समूहमा विभाजन र विघटन भएकोसमेत स्मरण गराएका छन् ।

अहिले १० वर्षपछि खुमलटारको रिहर्सल भन्दै थापाले लेखेका छन्, ‘यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई रे ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल ।’

१० वर्षअघि माओवादी अध्यक्ष तथा तत्कालीन संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाबुराम भट्टराई, रामबहादुर थापा, मोहन बैद्य र नारायणकाजी श्रेष्ठको भेला भएको सन्दर्भ कोट्याउँदै थापाले बुधबारको प्रचण्ड-माधव समूहको पत्रकार भेटघाटको तुलना धोविघाट गठबन्धनसँगै तुलना गरेका छन् ।

राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्रीमा प्रचण्ड, पार्टी अध्यक्षमा माधवकुमार नेपाल, उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ हुनेगरी मोर्चाबन्दी भएको थापाको दाबी छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ०६ बजे

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको