मुम्बईको जीतमा ‘डेब्यु’ ‘ब्वाई’ जोसेफको धमाकेदार खेल, लिए ६ विकेट « Khabarhub

मुम्बईको जीतमा ‘डेब्यु’ ‘ब्वाई’ जोसेफको धमाकेदार खेल, लिए ६ विकेट


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अल्जारी जोसेपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो डेब्यु सम्झना योग्य बनाएका छन् । वेष्ट इन्डिजका बलर जोसेफले सनराइजर्स हैदरवादविरुद्धको खेलमा मुम्बई इन्डियन्सबाट पाएको डेब्युको अवसरलाई सदुपयोग गरेका छन् ।

सनराइजर्स हैदरावादको घरेलु मैदानमा भएको खेलमा जोसेफले आफ्नो डेब्यु धमाकेदार बनाए । उनले घरेलु टोलीविरुद्ध उनले ३.४ ओभर बलिङ गर्दै १२ रन खर्चेर १ मेडन ओभरसहित ६ विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १सय३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा सबैविकेट गुमाउँदै ९६ रनमा समेटियो ।

हैदरावादको ब्याटिङ ध्वस्त पारेका जोसेफले आफ्नो आईपीएलको पहिलो खेल उत्कृष्ट प्रदर्शन गरे । मुम्बईसँग ४० रनको फराकिलो अन्तरले पराजित भएको हैदारावादका लागि ९६ रन बनाउने क्रममा दिपक हुडले २० रन बनाए । मनिस पाण्डे र जोन बेरिस्टोले समान १६ —१६ रन बनाए भने तीन ३ ब्याट्सम्यान शुन्यमा आउट भए ।

हैदरावादविरुद्ध मुम्बईका जोसेफले ६, राहुल चाहारले २ विकेट लिए भने जस्प्रीत बुम्राह र जासन वेहरेन्डोफले समान एक—एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । मुम्बईका लागि किरोन पोभार्डले सर्वाधिक ४६ रन बनाए । यस्तै, क्वेन्टोन डि ककले १९ रन र इसान किसनले १७ रन बनाए ।

मुम्बईविरुद्ध पहिलो बलिङरोजेको हैदरावादका लागि सिद्धार्थ कालु दुई विकेट लिए । यस्तै, राशिद खान, मोहमद नाभि, सन्दीप शर्मा र भुवनेश्वर कुमारले समान एक—एक विकेट लिएका थिए ।

जीत हात पारेको मुम्बई ६ अंकसहित लिगको शीर्ष चौथो स्थानमा रहेको छ भने पराजित हैदरावाद दोस्रो स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ३२ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली