विप्लव समूहका रुकुम पश्चिम सेक्रेटरीसहित ४ पक्राउ « Khabarhub

विप्लव समूहका रुकुम पश्चिम सेक्रेटरीसहित ४ पक्राउ


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीले जिल्ला सेक्रेटरी हिरामणि रावलसहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

उनीहरुलाई आठबीसकोट नगरपालिका–९, राडीबजारको एक होटलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सेक्रेटरी रावलसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा, पार्टीको जिल्ला सदस्य घमण्ड महर र पार्टीको जिम्मेवारी नखुलेका तुल बहादुर घर्ती रहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ५८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते