वीर अस्पतालका एक चिकित्सकलाई कोरोना पुष्टि | Khabarhub Khabarhub

वीर अस्पतालका एक चिकित्सकलाई कोरोना पुष्टि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा एकजना चिकित्सकलाई कोरोना पुष्टि भएको छ ।

अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार अस्पतालमा कार्यरत ४७ वर्षका एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको आज बिहान स्वाब संकलन गरी वीर अस्पतालको प्रयोगशालामा नै परीक्षण गरिएको थियो । आज साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा सेञ्चुरीले बताए ।

डा सेञ्चुरीका अनुसार ती डाक्टर काठमाडौंकै स्थानीय हुन् । उनलाई ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि आज बिहान पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । ती चिकित्सक अहिले वीर अस्पतालकै आइसोलेसनमा रहेका छन् ।

“हाम्रो अस्पतालका एकजना डाक्टरलाई पनि कोरोना पोजेटिभ देखियो,”डा सेञ्चुरीले भने, “ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएपछि आज बिहान स्वाब संकलन गरी परीक्षण गरिएको थियो, रिपोर्ट पोजेटिभ आयो ।”

उनीसँगै कन्ट्याकमा आएका अन्य ४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको डा सेञ्चुरीले बताए ।

ती डाक्टरको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कन्ट्याक ट्रेसिङको काम भइरहेको उनले बताए । उनीहरुको भने भोलि (शुक्रबार) कोरोना परीक्षण हुने डा सेञ्चुरीले बताए ।

डा सेञ्चुरीका अनुसार ती चिकित्सकसँगै हाल वीर अस्पतालको आइसोलेसनमा २ जना कोरोना संक्रमित उपचारत छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ४१ बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति