विश्वभर १ करोड ९२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ९२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ९२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७२ हजार २५२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख ३८ हजार १४ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । शुक्रबार बिहानसम्म १ करोड २३ लाख ४६ हजार ८९ जना निको भएका छन् ।

यस्तै एकै दिन ६ हजार २६१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख १६ हजार ५४८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार २३२ जनाको मृत्यु भएको छ । २९ लाख ८२ हजार ५७६ जना संक्रमित भएकोमा १७ लाख ९३ हजार १५१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार १६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख १२ हजार ३४१ पुगेको छ । त्यसमध्ये ३१ लाख ४७ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५ हजार २६० जनाको मृत्यु भएको छ । ४७ लाख ७४ हजार ३०२ जना संक्रमित भएकोमा ३५ लाख ८७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५४ हजार ६०९ जनाको मृत्यु भएको छ । ४५ लाख ३४ हजार २०६ जना संक्रमित भएकोमा ३१ लाख ११ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २२ हजार ११४ जनाको ज्यान गएको छ भने १० लाख ११ हजार ८६७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ९३ हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २८१ जनाको मृत्यु भएको छ । २१ हजार ७३५ जना संक्रमित भएकोमा १२ हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ०५ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र