विश्वभर १ करोड ९२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

विश्वभर १ करोड ९२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ९२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७२ हजार २५२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख ३८ हजार १४ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । शुक्रबार बिहानसम्म १ करोड २३ लाख ४६ हजार ८९ जना निको भएका छन् ।

यस्तै एकै दिन ६ हजार २६१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख १६ हजार ५४८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार २३२ जनाको मृत्यु भएको छ । २९ लाख ८२ हजार ५७६ जना संक्रमित भएकोमा १७ लाख ९३ हजार १५१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार १६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख १२ हजार ३४१ पुगेको छ । त्यसमध्ये ३१ लाख ४७ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५ हजार २६० जनाको मृत्यु भएको छ । ४७ लाख ७४ हजार ३०२ जना संक्रमित भएकोमा ३५ लाख ८७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५४ हजार ६०९ जनाको मृत्यु भएको छ । ४५ लाख ३४ हजार २०६ जना संक्रमित भएकोमा ३१ लाख ११ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २२ हजार ११४ जनाको ज्यान गएको छ भने १० लाख ११ हजार ८६७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ९३ हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २८१ जनाको मृत्यु भएको छ । २१ हजार ७३५ जना संक्रमित भएकोमा १२ हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ०५ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको