आइतबारदेखि काठमाडौं जिल्ला प्रशासनबाट अत्यावश्यक सेवामात्र « Khabarhub

आइतबारदेखि काठमाडौं जिल्ला प्रशासनबाट अत्यावश्यक सेवामात्र

स्थगित गरिएका काम कुन कुन ? (सूचीसहित)


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला प्रशासनले आइतबारदेखि लागू हुने गरी १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यवाश्यक सेवाबाहेकका काम बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले एक विज्ञप्ति जारी गर्दै नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता/नवीकरण, संस्था दर्ता/पत्रपत्रिका दर्तासाथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचय पत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको जनाएको छ।

यसैगरी शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्धा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने कायमै रहने प्रशासनले जनाएको छ।

(यसअघि ‘अत्यावश्यकबाहेक सबै सेवा बन्द’ भन्ने सूचना प्रवाह भएकोमा भुल सुधार गरिएको छ ।)

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ०७ बजे

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् ।

बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर–  बकैया गाउँपालिका-११ पिपलडाँडा लेक बस्ने ४२ वर्षीय ज्ञान बहादुर गोलेको

गण्डकीमाथि बागमती प्रदेशको शानदार जित

काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले

करिब १ सय ७१ किलो गाँजासहित गाडी चालक पक्राउ

मकवानपुर–  मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजा

११ भाषामा सपथ लिँदै २४ नवनिर्वाचित सांसद

काठमाडौं- नवनिर्वाचित सांसदहरुको पद तथा गोपनीयताको सपथ आगामी चैत १२