काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६ संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६ संक्रमित


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।

यस्तै शुक्रबार अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार ३३० रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ।

प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको ७० पुगेको छ । विहीबारमात्रै कोरोनाले मृत्यु भएका ५ जना थपिएका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ३६ बजे

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने

पोखरामा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चल्यो डोजर (तस्बिरहरू)

काठमाडौं– पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण

बालबालिकालाई खाली पेटमा लिची खुवाउनु विषाक्तताको जोखिम : डा. अग्रवाल  

काठमाडौं– गर्मी मौसमममा फल्ने लिची स्वादिष्ट र सबैको प्रिय फल

गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तोरी तेल