भारतमा  दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना संक्रमण « Khabarhub

भारतमा  दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना संक्रमण


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए ।योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दा भारतमा कोरोना संक्रमितको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख १६ हजार ६१७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९४० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४२ हजार ५७८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ३४ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी