कोरोना भाइरस : विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी संक्रमणमुक्त « Khabarhub

कोरोना भाइरस : विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी संक्रमणमुक्त

कुल संक्रमितको ६४ प्रतिशत बढी निको


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

सात महिनाभन्दा बढी समयदेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ६४.१९ प्रतिशत अर्थात १ करोड २५ लाख ४३ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ९७ हजार ६२४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।

शनिबार यो समाचार तयार पार्दासम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ८३ हजार ९ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख ३९ हजार ७४८ पुगेको हो ।

यस्तै एकै दिन ६ हजार ४४८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख २३ हजार ९९१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ६१३ जनाको मृत्यु भएको छ । ३० लाख ८ हजार २४६ जना संक्रमित भएकोमा १८ लाख ६ हजार १८९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३२ हजार ७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख ९५ हजार ४९३ पुगेको छ । त्यसमध्ये ३२ लाख ३३६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६ हजार ६९० जनाको मृत्यु भएको छ । ४८ लाख ६३ हजार २६६ जना संक्रमित भएकोमा ३६ लाख ६२ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५६ हजार ७४४ जनाको मृत्यु भएको छ । ४६ लाख २३ हजार ९८६ जना संक्रमित भएकोमा ३१ लाख ५३ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २२ हजार ५५३ जनाको ज्यान गएको छ भने १० लाख २५ हजार ४६४ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ७ हजार ८७७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३०४ जनाको मृत्यु भएको छ । २२ हजार ५७२ जना संक्रमित भएकोमा १२ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ३५ बजे

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर