आज दिउँसोबाट तीन दिन भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान « Khabarhub

आज दिउँसोबाट तीन दिन भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भईरहेको छ।

विभागको बाढी सूचना केन्द्रले जारी गरेको सूचनाअनुसार कास्कीको लुम्ले, सिन्धुपाल्चोकको बाह्रबीसे तथा नवलपरासी क्षेत्रमा भारी वर्षा भएको छ । केन्द्रले भारी वर्षा भएका क्षेत्र तथा आसपासका नदी तथा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ ।

विभागका अनुसार आज दिउँसो पनि देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

राति देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

बागमतीदेखि पश्चिम शुक्रबार साँझदेखि नै वर्षा भइरहेको र आज रातिदेखि अझ बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबका तीन दिन मनसुन सक्रिय भइ भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : २२ बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम