पर्साको बहुदरमाई नगरपालिकाका मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

पर्साको बहुदरमाई नगरपालिकाका मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा शुक्रबार अवेर राति गरिएको स्वाव परीक्षणमा बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह तेलीसहित ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसेका मेयर तेली अस्पताल जाने तयारीमा जुटेको खबरहबलाई जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिएपछि अहिले घरमै बसेको छु, अस्पतालमा बेड खाली छैन भन्ने सूचना आएको छ, बेडको व्यवस्था भएपछि जान्छु,’  तेलीले भने ।

संक्रमित हुनेमा ७ महिला र ४८ जना पुरुष छन् । उनीहरू २२ वर्षदेखि ७४ वर्षसम्मका छन् । संक्रमितहरू तीन जना बाराका र एक सर्लाहीका छन् ।

५१ जना पर्साका छन् । त्यसध्ये एक जना मृत्यु भइसकेका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ । बिहीबार गण्डक अस्पतालमा मृत्यु भएका वीरगञ्ज महानगरपालिका-३ छपकैयाका ७४ वर्षीय वृद्धको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित ५० जनामध्ये २३ जना वीरगञ्जस्थित विर्ता, छपकैया, आदर्शनगर, नगवा, सबैठवा, श्रीपुर, राधेमाई, तेजारथटोल, भिस्वा, मुर्लीलगायतका स्थानका छन्।

यस्तै पर्सा बहुदरमाई नगरपालिका, विन्दावासिनी, छिपहरमाई, नगरदाहा, गम्हरीया, भौराटार, वैरिया लगायतका क्षेत्रका व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बहुदरमाई नगरपालिकाका वैरियाविर्ता क्वारेनटाइनमा रहेका १२ जनामा संक्रमण देखिएको छ। बहुदरमाईको नगरदाहा, गम्हरीया, भौराटार, वैरिया २, बहुअरी पिडरीलगायत टोलका संक्रमित रहेका छन्।

बाराका तीन जनामध्ये कलैया १० घर भई नारायणी अस्पतालको ल्याबमा काम गर्ने ३१ वर्षीय प्राविधिक रहेका छन्। त्यसैगरी, बारा मनहर्वाका ४३ वर्षीय र भलुही भरवलियाका ३१ वर्षीय पुरुषमा पनि कोभिड-१९ पुष्टि भएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १२ : २१ बजे

सामानको मूल्यसूची सबैले देख्नेगरी राख्न विक्रेतालाई महानगरको आग्रह, बढी लिए कारबाही

काठमाडौं– दशैँलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति,

तराई–मधेश क्षेत्रमा आज जितिया पर्व मनाइँदै

काठमाडौं– नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायले

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध

गण्डकी– पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा

युवा माझ ह्यारिसको लोकप्रियता बढ्यो, ट्रम्प ४७ अंकले पछाडि

न्युयोर्क – मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल

नेपालमा गर्व गर्न लायक सांस्कृतिक रीतिरिवाज छन् : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको