जापानमा कोरोना संक्रमितको ४७ हजार ४६४ पुग्यो « Khabarhub

जापानमा कोरोना संक्रमितको ४७ हजार ४६४ पुग्यो


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान- गर्मी विदा सुरू हुँदै गर्दा जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको जापानी अधिकारीले बताएका छन् ।

जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ५६५ पुगेको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् ।

यससँगै शनिबार साँझसम्म जापानमा सङ्क्रमित हुनेको सङ्ख्या ४७ हजार ४६४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै ‘बोन फेस्टिवल’को मौसमको बेला आएको भएपनि गृहनगरहरूमा प्रान्तका राज्यपालहरूले मानिसलाई अनावश्यक भेटघाट गर्न निरुत्साहित गरेका छन् ।

जापानको तथ्याङ्कमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजबाट जापान आएका ७१२ सङ्क्रमितलाई समावेश गरिएको छैन । उक्त जहाज टोकियोको नजिकको बन्दरगाह शहर योकोहामामा क्वारन्टिनमा बस्ने क्रममा सङ्क्रमित भेटिएका थिए ।

जापानमा कोरोनाभाइरस सङ्क्रमणबाट मर्नेहरूको सङ्ख्या अहिले एक हजार ५० पुगेको छ । मृतकमध्ये १३ जना डायमण्ड प्रिन्सेस जहाजका यात्रु रहेका थिए ।

मन्त्रालयका अनुसार जापानमा कूल १४० सङ्क्रमितमा जटिल समस्या देखिएको र उनीहरूलाई भेन्टिलेटर तथा सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ ।

शनिबार जापानका ४७ प्रिफेक्चरमध्ये टोकियोमा सबैभन्दा बढी थप ४२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : १८ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये