नेपालमा पनि कोरोनाका गम्भीर बिरामीमा ‘रेम्डेसिभिर’ औषधिको प्रयोग « Khabarhub

नेपालमा पनि कोरोनाका गम्भीर बिरामीमा ‘रेम्डेसिभिर’ औषधिको प्रयोग


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोनाका गम्भीर बिरामीको उपचारमा रेम्डेसिभिर एन्टिभाइरल अनुसन्धानका लागि प्रयोग शुरु गरेको जनाएको छ ।

सवस्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर औषधि नेपालमा परीक्षण गरी उपचारलाई सहजीकरण गर्ने जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र औषधी व्यवस्था विभागले सो औषधीको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।

‘औषधि व्यवस्था विभाग र राष्ट्रिय अनुसन्धान परिषद्ले कोभिड-१९ को उपचारका लागि परीक्षणको क्रममा केही सफलता पाएका रेम्डेसिभिरजस्ता औषधि परीक्षणको रुपमा नेपालमा प्रयोग गरी उपचारलाई सहजीकरण गर्ने गरी प्रकृयाहरु अघि बढाइएको छ,’ प्रवक्ता डा गौतमले बताए ।

यस्तै केही निजी प्रयोगशालाहरुले मानिसहरुको घरमै गएर पीसीआर परीक्षण गुनासो आएको भन्दै डा गौतमले यस्तो कार्य नगर्न पनि आग्रह गरेका छन् ।

उनले कोरोनाबाट बच्न जनस्वास्थ्यको मापदण्ड पूरा गर्न पनि आग्रह गरेका छन् । उनले कोरोनाको कुनै औषधि र खोप नबनेको तर हाल प्रयोग भइरहेको औषधि तथा उपचार विधि सपोर्टिभ उपचार मात्र भएको बताए ।

उनले अत्यावश्यक नपरी घरबाहिन ननिस्कन, मास्कको प्रयोग गर्न र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ०४ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक