आज थपिए ३३८ कोरोना संक्रमित, १४० डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज थपिए ३३८ कोरोना संक्रमित, १४० डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुग्यो


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको कोरोना परीक्षण गरिएकोमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, खोटाङका २ जना र मोरङका १४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १३, महोत्तरीका ३ जनामाकोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका एकजना,पर्साका २१जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, ललितपुरका एकजना, नुवाकोटका ३ जना, रौतहटका १९ जना, सर्लाहीका २१ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा मोरङका एकजना र काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कीटजन्य रोग तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका २३ जना, नुवाकोटाका एकजना, रौतहटका १२ जना र सिन्धुलीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना, अर्घाखाँचीका एकजना, बाग्लुङका एकजना, बाँकेका एकजना, बर्दियाका एकजना, भक्तपुरका एकजना, चितवनका एकजना र दाङका एकजना, गोरखाका ३ जना, कपिलवस्तुका एकजना, काठमाडौंका ८ जना, ललितपुरका एकजना, पाल्पाका एकजना, र रामेछापका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तैस्टार अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका ८ जना, ललितपुरका २ जना र पर्साका एकजननामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विध ल्यावमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, पर्वतका एकजना, स्याङ्जाका एकजना, तनहुँका २ जना, नवलपरासी पूर्वका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका १५ जना, रुपन्देहीका एकजना, कपिलवस्तुका १० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ६२,बर्दिया एकजना, दाङका ४ जना,
कैलालीका २, सल्यानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रोल्पाका एकजना,सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ६ जना, सुर्खेतका एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।

दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा बैतडीका एकजनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल  र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीमा गरिएको परीक्षणमा बझाङका एकजना र कैलालीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आइतको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३५३ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : ५३ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक