विश्वभर एकैदिन २ लाख ९ हजार जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर एकैदिन २ लाख ९ हजार जनामा कोरोना भाइरसको संक्रमण


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ ।

कोरोनाको महामारीले मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड २ लाख ४४ हजार ६०१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३४२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३८ हजार ६०५ पुगेको छ ।

१ करोड ३१ लाख ६ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।   कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ३९८ जनाको मृत्यु भएको छ । ३० लाख ६४ हजार २४६ जना संक्रमित भएकोमा १८ लाख ३६ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३६ हजार २०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख ८२ हजार ८८ पुगेको छ । त्यसमध्ये ३३ लाख २७ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ११ हजार ६ जनाको मृत्यु भएको छ । ५१ लाख २० हजार ९३९ जना संक्रमित भएकोमा ३८ लाख ७८ हजार ९५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६० हजार ९९४ जनाको मृत्यु भएको छ । ४७ लाख ९२ हजार १९९ जना संक्रमित भएकोमा ३३ लाख २ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २३ हजार ६४३ जनाको ज्यान गएको छ भने १० लाख ६१ हजार ९८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ४७ हजार ४१४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३४० जनाको मृत्यु भएको छ । २३ हजार ३१० जना संक्रमित भएकोमा १३ हजार ८१५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : ०१ बजे

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको

पाँच वर्षदेखि प्रयोगविहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका