सँधै बहिनीको भूमिकामा देखिने अभिनेत्री नजीमा, २७ वर्षकै उमेरमा बिदा भइन | Khabarhub Khabarhub

सँधै बहिनीको भूमिकामा देखिने अभिनेत्री नजीमा, २७ वर्षकै उमेरमा बिदा भइन


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा सन् १९६० देखि ७० को दशककी चर्चामा आउने अभिनेत्री हुन् नजीमा ।

आफ्नो जीवनकालमा नजीमाले ३० भन्दा बढि फिल्ममा अभिनय गरेकि थिइन् । तर फिल्मी करीयरमा अगाडी बढ्दै गर्दा अचानक उनी प्राणघातक रोगको शिकार भइन् । २७ बर्षको कलिलो उमेरमै उनले संसार छोडिन ।

फिल्मी दुनिँयामा नजीमालाई बहिनी वा अभिनेत्रीको साथीको रुपमा प्रस्तुत गरियो । उनको सोझो र सुन्दर अनुहारले हिरोको बहिनीको रोलमा उनलाई बढि राखिन्थ्यो । तर अधिकाशं फिल्ममा निर्देशक र निर्माता उनलाई बलत्कारको दृश्यमा अभिनय गराउँथे ।

सन् १९४८ मा नासिकमा जन्मिएकी नजीमाको अभिनयप्रति झुकाव थियो । उनले बालकलाकारका रुपमा बेबी चान्द, हम पंक्षी एक डाल लगायतका फिल्ममा अभिनय गरिन् । उनको अभिनयका कारण उनी बलिउडमा सफल हुदै गइन् ।

सन् १९६० देखि ८० को दशकमा हिन्दी फिल्ममा बलात्कारको सिन समावेश गर्ने होड चलेको थियो । यस समयमा महिलाहरु घर र समाजमा घरेलु र समाजिक उत्पिडन र हिंसाको शिकार हुन्थे । सोहि बिषयले फिल्मी पर्दामा प्रवेश पायो ।

जसमा निर्माता र दर्शक दुबै फिल्ममा बलात्कार दृष्य चाहान्थे । जसका लागी नजीमा पहिलो विकल्प बन्न थालिन् । नजीमा बलिउडकी एक मात्र यस्ती अभिनेत्री थिइन् जसमाथि सबैभन्दा बढि बलात्कारको दृष्य सुट गरियो ।

नजीमाको फिल्मी करियरको चर्चा गर्दा उनले निशान, आरजू, दिल्लगी, तमन्ना, अनजाना लगायतका सुपरहिट फिल्ममा सपोर्टिंग रोल निर्वाह गरिन् । अधिकाशं फिल्ममा उनी बहिनीको भुमिकामा हुन्थिन ।

सन् १९७२ मा उनले मनोज कुमारका साथमा बेईमानमा शानदार अभिनय गरिन् । सोहि फिल्मबाट उनले फिल्म फेयर अवर्ड समेत प्राप्त गरिन् ।

नजीमाको अन्तिम फिल्म लव एण्ड गड थियो । यो फिल्म उनको मृत्यु पश्चात रिलिज भएको थियो । तर दु:खको कुरा उनको उदाउँदो फिल्मी करियरलाई क्यान्सरले गलायो । जसका कारण मात्र २७ बर्षको उमेरमा उनको सन् १९७५ मा मृत्यु भयो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : ०९ बजे

पोखराको शान्ति स्तूप नजिक बस दुर्घटना, २८ जना घाइते

पोखरा– पोखरा २२ स्थित विश्व शान्ति स्तूपको नजिकै बुधबार दिउँसो

पाकिस्तानले चीनसँग किन किन्दैछ मिसाइलदेखि ड्रोनसम्म ?

एजेन्सी – भारत प्रशासित जम्मू कश्मीरको पहलगाममा गएको अप्रिल २२

भारत र पाकिस्तानका कूटनीतिज्ञहरूलाई २४ घण्टाभित्र देश छोड्न आदेश

एजेन्सी– पाकिस्तान र भारतले मंगलबार एक-एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट

व्यवहारिक र वस्तुनिष्‍ठ बजेट निर्माण हुने छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र

जलवायु परिवर्तन सम्बन्धी मुद्दामा सहकार्य र समन्वय आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा