बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – बारा र पर्सामा गरी आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ज्वरो आएर वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गएर आफैँ परीक्षण गराएका २१ जना डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै नारायणी अस्पतालकै प्रयोगशालामा बाराका ५ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिएकामध्ये नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वार्टरमा बस्दै आएकी ३५ वर्षीया महिला छन् ।

त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ । त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत ३१ र ३० वर्षीय दुई जना डाक्टर र २३ वर्षीय एक युवकमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ६ जना प्रहरी छन् । वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत १ जना प्रहरी कर्मचारीमा पनि सङ्क्रमण देखिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरकाअनुसार योसँगै पर्सा जिल्लामा ३२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पीसीआर ल्याबले जनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-३ का ३० वर्षीया महिला र ३ वर्षीया बालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिकाको सिमरा करेन्टिन ४५ वर्षीय पुरुष र बाराको निजगढमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवानमा कोरोना देखिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : २६ बजे

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले