नेविसंघले गर्‍यो त्रिवि उपकुलपति कार्यालयमा तोडफोड | Khabarhub Khabarhub

नेविसंघले गर्‍यो त्रिवि उपकुलपति कार्यालयमा तोडफोड


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकक्ष नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

विद्यार्थीहरुको समूहले कार्यालयमा रहेको सवारी साधन फुटाउनुका साथै उपकुलपतिको कार्यालय तोडफोड गरेका हुन् ।

त्रिविका सूचना अधिकारी सूर्य अधिकारीका अनुसार विद्यार्थीले कार्यालयको कुर्सी, झ्याल तथा ढोकाहरु फुटाएका हुन् ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले विद्यार्थीको ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको र गाडीमा क्षति भएको बताए । उनले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको पनि बताए ।

तोडफोड भएको केहीबेरपछि नेविसंघका विद्यार्थीहरुले उपकुलपतिको बास्कोटाको कुर्सीसमेत जलाएका थिए ।

नेविसंघ, प्रजातान्त्रिक प्राध्यापक संघ तथा लोकतान्धिक प्राध्यापक संघले यसअघि पनि विरोध गर्दै आएका थिए । बास्कोटासहित त्रिवि पदाधिकारीको कार्यशैलीप्रति उनीहरु असन्तुष्ट छन् ।

असन्तुष्ट समूहले केही समयअघि कार्यकक्षमा ताला लगाएको थियो । अदालतको आदेशपछि उक्त ताला खोलिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : २१ बजे

स्टार्टअप नीति पारित भएकोमा महासंघद्वारा स्वागत

काठमाडौं- नेपाल उद्योग वाणिज्य महसंघको पहलमा तयार भएको स्टार्टअप नीति

टी-२० विश्वकप क्रिकेट निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने

काठमाडौं– आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको

प्रधानमन्त्री मोदी वाराणसीबाट विजयी

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी भएका

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले धेरै बाघ मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने

दुब्लो व्यक्तिमा हुनसक्छ यस्तो रोग, तौल बढाउने कसरी ?

काठमाडौं– ‘ओए कस्तो दुब्लाएकी ?, खाना नै खाँदैनौँ कि के