च्याम्पियन्स लिगमा क्वाटर फाइनलमा पीएसजी र एटलान्टा खेल्दै « Khabarhub

च्याम्पियन्स लिगमा क्वाटर फाइनलमा पीएसजी र एटलान्टा खेल्दै


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब एटलान्टाबीच प्रतिस्पर्धा हुदैछ ।

लिग वान च्याम्पियन पीएसजी र एटलान्टाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे पोर्चुगलको लिस्बनमा हुनेछ ।

स्टाडियो डा लुज रंगशालामा हुने पहिलो क्वाटरफाइनलमा दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम यस सिजन सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्न चाहन्छ ।

पीएसजीले यस सिजन फ्रान्सको लिग वानसहित महत्वपूर्ण तीन उपाधि जितेको छ । त्यसैले थोमस टुचेलले टिम पीएसजी उच्च मनोबलमा हुनेछ ।

कोरोनाको कारण लिग रद्द भएपछि पीएसजीले पर्याप्त मात्रामा तयारीको अवसर समेत पाएको छ । यस्तै स्टार फरवार्ड नेयमारको लयको कारण पनि पीएसजी बलियो देखिएको छ ।

पीएसजी सन् २०१६ को सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो । एटलान्टाले भने पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ४० बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय