नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा | Khabarhub Khabarhub

नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले ईटालियन क्लब एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थानमा सुरक्षित गरेको हो ।

पहिलो हाफको २६औँ मिनेटमा मारियो पासलिसले ईटालियन क्लब एटलान्टालाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपङ्तीमा सुधार आयो । एम्बाप्पे र नेयमारकको जोडीले दोस्रो हाफभर एटलान्टालाई दबाब राख्यो ।

खेलको ९०औँ मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो  मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए ।

नेयमारको पासमा एम्बाप्पेले क्रसमार्फत उपलब्ध गराएको बललाई मोटिङले पोस्टको दिशा दिएका थिए ।खेलको अन्तिम मिनेटमा एटलान्टाका लुईस मुरिलले बराबरी गर्ने अवसर गुमाएका थिए ।

पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ५ : ४१ बजे

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय

आगलागीका घटनामा वृद्धि

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको