नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा « Khabarhub

नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले ईटालियन क्लब एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थानमा सुरक्षित गरेको हो ।

पहिलो हाफको २६औँ मिनेटमा मारियो पासलिसले ईटालियन क्लब एटलान्टालाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपङ्तीमा सुधार आयो । एम्बाप्पे र नेयमारकको जोडीले दोस्रो हाफभर एटलान्टालाई दबाब राख्यो ।

खेलको ९०औँ मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो  मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए ।

नेयमारको पासमा एम्बाप्पेले क्रसमार्फत उपलब्ध गराएको बललाई मोटिङले पोस्टको दिशा दिएका थिए ।खेलको अन्तिम मिनेटमा एटलान्टाका लुईस मुरिलले बराबरी गर्ने अवसर गुमाएका थिए ।

पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ५ : ४१ बजे

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार