बारामा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

बारामा थप दुई कोरोना संक्रमितको मृत्यु


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बारामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डा. उदय नारायण सिंहका अनुसार आईसीयूमा उपचाररत दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो ।

बारा सिमरा घर भएका ५० वर्षीय एक पुरुष र बारा पर्सौनी गाउँपालिकाका ६५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको सिंहले बताए ।

डा सिंहका अनुसार ५० वर्षका पुरुषमा पहिला देखि नै मधुमेह र उच्च रक्तचापको समस्या थियो । ज्वरो,खोकी र श्वासप्रश्वास समस्या भएका उनी हिजो दिउँसो नारायणी अस्पतालको आईसीयुमा भर्ना भएका थिए ।

उनको आज बिहान ८ः३० बजे मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट बिहान ११ बजे पोजेटिभ आएको डा सिंहको भनाइ छ ।

यस्तै अर्का ६५ वर्षीय पुरुषमा पनि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । उनलाई आज बिहान साढे ३ बजे अस्पताल भर्ना गरिएमा  बिहान करिब साढे आठ बजे मृत्यु भएको डा. सिंहले बताए ।

ती पुरुषको पनि मृत्युपछि नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको डा सिंहले बताए ।

अस्पतालले उनीहरु दुबैजनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ६ : ५२ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही