हङकङमा सुरक्षा कानुन देखाएर गैरकानुनी गिरफ्तारी बढ्यो, स्वतन्त्रता पक्षधर धमाधम पक्राउ « Khabarhub

हङकङमा सुरक्षा कानुन देखाएर गैरकानुनी गिरफ्तारी बढ्यो, स्वतन्त्रता पक्षधर धमाधम पक्राउ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले हङकङमा जारी गरेको नयाँ सुरक्षा कानुनलाई देखाएर प्रजातन्त्र समर्थित र स्वतन्त्रता पक्षधरहरुलाई गिरफ्तार गर्ने क्रम बढिरहेको छ ।

पछिल्लो समय हङकङ प्रहरीले प्रजातन्त्र समर्थित चार युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रो-इन्डिपेन्डेन्स समूहका सदस्य रहेका १६ देखि २१ वर्षका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारविरुद्ध स्वतन्त्रताको अभियान सञ्‍चालन गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

यसअघि प्रजातन्त्र सर्मथक १२ उम्मेदवारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राष्ट्रिय सुरक्षा कानुन विभागका वरिष्ठ प्रहरी उपरीक्षक स्टेभे लि क्वाइ-वाहले उक्त समूहले स्वतन्त्रतालाई प्रबर्द्धन गर्ने योजना अनुसार समूह गठन गरेको र हङकङलाई स्वतन्त्रत बनाउने गरी संगठन विस्तार गर्न लागेकोले नियन्त्रणमा लिएको बताएका छन् ।

चीन सरकराले जुन ३० मा राष्ट्रिय सुरक्षा कानुन घोषणा गरेको केही घण्टामै हङकङमा स्वतन्त्रता र प्रजातन्त्र पक्षधरहरुले उक्त कानुन मान्य नहुने भन्दै प्रदर्शन गरेका थिए । उक्त कानुन लागू भएसँग स्वतन्त्रता पक्षधर र प्रजातन्त्र समर्थित समूहमाथि प्रतिबन्ध लगाइएको थियो ।

सन् २०१९ मा प्रजातन्त्रका लागि बृहत आन्दोलन भएपछि १९९७ अघि बेलायतको उपनिवेश रहेको हङकङमा चीनले नयाँ सुरक्षा कानुन ल्याएको हो ।

उक्त कानुन अनुसार राष्ट्रद्रोह, पृथकतावाद, आतंकवाद र विदेशी हस्तक्षेपविरुद्ध काम गर्नेलाई जेल सजाय हुने व्यवस्था गरिएको छ । यस कानुनको विश्वसमुदायबाट चर्को विरोध र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ४ : ४१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार