बलिउडमा स्थापित हुन नसकेका ५ अभिनेता « Khabarhub

बलिउडमा स्थापित हुन नसकेका ५ अभिनेता


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा हरेक कलाकारको यात्रा सहज हुदैन । ठुलो पर्दामा अभिनेताका रुपमा भुमिका निभाउन निकै संर्घष आवश्यक पर्दछ । यसका लागी गुड लुकिङ, अभिनय क्षमता, लगन र मेहनत महत्वपुर्ण हुन्छ ।

तर बलिउडका केहि यस्ता नायक पनि छन् जसमा यी सबै गुण भएर पनि भाग्यले साथ नदिँदा उनीहरु बलिउडबाट ओझेल हुनुपर्याे । उनीहरु नायकका रुपमा बलिउडमा प्रवेश पाए पनि आफ्नो पहिचान र छाप छाड्न सफल भएनन् । आज हामी यस्तै पाँच बलिउड अभिनेताका बारेमा चर्चा गर्नेछौ ।

१. जुगल हंसराज

बाल कलाकारका रुपमा फिल्म मासूम, झूठा सच्चा र कर्मा लगायतका फिल्ममा देखा परेका जुगल हंसराजले बलिउड आफ्नो पहिचान बनाउन सकेनन् । उनले अभिनेताका रुपमा शाहरुख खानसंग मोहब्बते तथा अन्य केहि ठुला सिनेमामा सपोर्टिगं रोलमा देखा परेका जुगलले बलिउडमा सफलता पाएनन् ।

उनले एनिमेशन फिल्म रोडसाइड रोमियो निर्देशन पनि गरे । यहिबाट उनले राष्ट्रिय पुरस्कार पनि पाए । तथापी उनका लागी बलिउड सुखद रहन सकेन ।

२. आफताब शिवदसानी
मिस्टर इण्डियाबाट बाल कलाकारकै भुमिकाबाट फिल्मी करियर शुरुवात गरेका आफताब शिवदसानीले नायकका रुपमा फिल्म मस्तमा देखा परे । उनको कामको स्रहाना पनि भयो ।

यस अलावा उनले लव के लिए कुछ भी करेगा, कसूर, फुटपाथ लगायतका फिल्ममा नायकका रुपमा अभिनय गरे । उनले केहि अर्वाड पनि पाए । तथापी लिउडमा उनको खासै पहिचान बन्न सकेन ।


३. डिनो मोरिया

सन् १९९९ मा प्यार में कभी कभीबाट फिल्मी करियर शुरुवात गरेका डिनो मोरिया पनि बलिउडमा खासै चर्चामा रहन सकेनन् । उनले सन् २००२ को सुपरहिट फिल्म राजमा समेत अभिनेताको रुपमा काम गरे । तर त्यसपछिका उनका फिल्म हिट हुन सकेनन् ।
फिर वह कई फिल्मों सपोर्टिंग रोल में ही नजर आए ।

४. राहुल राय
सन् १९९० को दशकमा ह्याण्डसम हिरोको छवि बनाएका राहुल रायको पहिलो फिल्म आशिकीले बलिउडमा सुपरहिट साबित भयो । प्रेम र रोमान्समा आधारीत यस फिल्मले उनलाई रातारात सेलिब्रेटी बनायो । तर त्यसपछिका उनका हरेक फिल्महरु फ्लप भए । बलिउडमा खासै राम्रो पहिचान बनाउन नसकेका उनले बिगबोसको पहिलो सिजन जितेका थिए ।

५. फरदीन खान
सन् १९९८ मा रिलिज भएको फिल्म प्रेम अगन सेबाट फरदीन खानले फिल्मी करीयर शुरुवात गरे । उनले सन् २००० मा फिल्म जंगलमा समेत काम गरे । तर उनको बलिउडमा खासै राम्रो पहिचान बन्न सकेन । सन् २०१० सम्म लगातार फिल्ममा काम गर्दा समेत फ्लप भएपछि उनी बिस्तारै बलिउडबाट ओझेल भए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : १४ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग