जे बिक्छ, त्यही बेचौं भन्ने मानसिकता हाबी हुन थाल्यो: दीपकराज गिरी « Khabarhub

जे बिक्छ, त्यही बेचौं भन्ने मानसिकता हाबी हुन थाल्यो: दीपकराज गिरी


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय भइरहन्छन् । सामाजिक र राजनैतिक विषयमा खरो टिप्पणी गर्छन् ।

यस्ता टिप्पणीका कारण गिरी बेलाबेलामा विवादमा पनि तानिन्छन् । यसअघि दीपाश्री निरौलाले ‘राजेश हमाललाई महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको आलोचना भयो ।

दीपाश्रीको आलोचना भएपछि अन्तर्वार्तामा विचार पुर्‍याउनुपर्ने भन्दै गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखे । उक्त स्टाटसपछि हमालका फ्यानले गिरीलाई नै ‘महानायक’ भन्दै व्यङ्ग्य गर्न थाले ।

पछिल्लो समय आफूले दिएका अभिव्यक्ति र दिएका अन्तर्वार्ताले कलाकारहरु विवादमा तानिँदै आएका छन् । यसअघि मात्र अन्तर्वार्ताका कारण धेरै कलाकारले विरोधको सामना गर्नुपरेको छ ।

गिरीको फेसबूकबाट

लकडाउनयता मात्र कलाकार दीपाश्री निरौला, वर्षा राउत, पूजा शर्मा लगायत भिडियो अन्तर्वार्ता दिएकै कारण विवादमा तानिए ।

यो विवादबारे कलाकार दीपकराज गिरीले अहिले कलाकारहरु ‘क्यामेरा देख्यो कि तर्सिने अवस्था आएको’ बताएका छन् ।

‘जे बिक्छ त्यही बेचौं भन्ने मानसिकता हाबी हुँदै गयो, यसकै परिणति हो पछिल्ला धेरै घटनाक्रमहरु,’ दीपक भन्छन्, ‘यदि यही क्रम चलिरहने हो भने यसबाट सबैभन्दा घाटा कलाकार र त्योभन्दा पनि घाटा राम्रोसँग पत्रकारिता गर्दै आएका साथीहरुलाई हुन जान्छ ।’

गिरीले पछिल्लो समय कलाकारको अन्तर्वार्ता लिएर ती अन्तर्वार्तालाई भाइरल गराउन खोजिने कसरत र बङ्ग्याइएका हेडलाइन राख्ने प्रवृत्तिमाथि टिप्पणी गरेका छन् ।

पछिल्लो समय कलाकारहरुले मिडियाकर्मीले आफूअनुकूलका अन्तर्वार्ता प्रसारण गरेको र कलाकारलाई विवादमा ल्याएको गुनासो गर्न थालेका छन् ।

गिरीले अहिलेको अवस्थामा भाइरल र भाइरस दुवैबाट सबै जोगिनुपर्ने पनि बताएका छन् ।

‘हिजोको दिन कुनै च्यानलमा अन्तर्वार्ता दिएर आउँदा मनै गदगद हुन्थ्यो, टोल छिमेक ससुराली सबैतिर आफै हल्ला गरिन्थ्यो,’ गिरी भन्छन्, ‘उत्साहित हुँदै टिभीको अगाडि बसेर अन्तर्वार्ता हेरिन्थ्यो, तर अहिले फोन आउँदा पनि अपराध अनुसनधान कार्यालयबाट फोन आएकोजस्तो लाग्न थाल्यो ।’

‘जबदेखि भाइरल गर्ने गराउने, भाइरलको चक्करमा लाग्ने राम्रो अन्तार्वार्ता नहेरिने, बिग्रेको, भत्केको, चिप्लिएको समाचार र यसका हेडलाइन बिक्री हुन थाल्यो, त्यसपछि यसप्रकारको अपराध बढ्न थाल्यो,’ उनी भन्छन् ।

पछिल्लो समय कलाकारहरु एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । कलाकारले गरेको सामान्य टिप्पणीलाई पनि अतिरञ्जित गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरिएको गुनासो कलाकारले गर्न थालेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ३९ बजे

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा