जाह्नवीको ‘गुञ्जन सक्सेना : द कार्गिल गर्ल’ विवादमा, फिल्मविरुद्ध भारतीय वायु सेनाले काट्यो पत्र « Khabarhub

जाह्नवीको ‘गुञ्जन सक्सेना : द कार्गिल गर्ल’ विवादमा, फिल्मविरुद्ध भारतीय वायु सेनाले काट्यो पत्र


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रिलिज भएलगत्तै हिन्दी फिल्म ‘गुञ्जन सक्सेनाः द कार्गिल गर्ल’ विवादमा तानिएको छ ।

बिहीवार भारतीय वायु सेनाले फिल्मका केही दृश्यमा नकारात्मक प्रचार गरिएको भन्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पत्र पठाएको हो ।

सेनाले उक्त पत्र नेटफिल्क्स र धर्मा प्रोडक्सनलाई पनि पठाएको जनाइएको छ । पत्रमा धर्मा प्रोडक्सनले भारतीय वायु सेनालाई जिम्मेवार रुपमा प्रस्तुत गर्ने अनुमति पाएको तर फिल्ममा त्यस्तो नदेखिएको उल्लेख छ ।

फिल्ममा वायु सेनालाई नकारात्मक प्रमाणित गर्न खोजिएको सेनाले आरोप लगाएको छ ।

फिल्ममा लैंगिक विभेदको कुरा उठाइएको र वायु सेनामा लैंगिक विभेद नहुने कुरा पत्रमा उल्लेख गरिएको भारतीय मिडियाले जनाएका छन् ।

फिल्म प्रदर्शनअघि पनि विवादमा रहेको थियो । जसकारण फिल्मको क्रेडिट लाइन हटाइएको थियो ।

जाह्नवी कपूरको शीर्ष भूमिका रहेको यो फिल्म नेपोटिज्मका कारण विवादमा परेको थियो । करण जोहरले निर्माण गरेको फिल्ममा स्टार किड्स जाह्नवी कपूरको शीर्ष भूमिका थियो ।

भारतीय फिल्म क्षेत्रमा पछिल्लो समय स्टार किड्सका फिल्मलाई दर्शकले समर्थन नगर्ने गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ३३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम