कोरोना संक्रमित ९८ जना आइसीयुमा, ४ को भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना संक्रमित ९८ जना आइसीयुमा, ४ को भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका कोरोना संक्रमितमध्ये ९८ जनाको आइसीयु र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत ९८ जना संक्रमित आइसीयु र ४ जना भेन्टिलेटरमा उपचारत रहेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेका व्यक्तिहरुको उपचारका लागि देशभर ९४२ वटा आइसीयु रहेका छन् । यस्तै ४९६ वटा भेन्टिलेटरहरु तयारी अवस्थामा छन् ।

डा गौतमका अनुसार नेपालमा शुक्रबार मात्र ५९४ जनामा कोरोनाका नयाँ संक्रमति थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

हालसम्म १७ हजार ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभरका आइसालेसनमा ७ हजार ९१३ जना कोरोना संक्रमित उपचारत छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : २२ बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र