बफादार कुकुर जसले मृत्युपर्यन्त पनि मालिकको साथ छाडेन « Khabarhub

बफादार कुकुर जसले मृत्युपर्यन्त पनि मालिकको साथ छाडेन


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– कुकुरलाई मानिसको सबैभन्दा वफादार साथीको रुपमा लिइन्छ । कुकुरले बेलाबेला मानिसहरुलाई सहयोग गरेर आफ्नो वफादारिता प्रमाणित गर्दै पनि आएको छ । कुकुरले मानिसप्रतिको वफादारिता फेरि प्रमाणित गरेको छ ।

खासमा एकजनालाई रेलले लिकमा ठक्कर दिएको थियो । घटनामा कुकुरका मालिकको निधन पनि भयो । तर, कुकुरले आफ्नो मालिकको साथ मृत्युपर्यन्त पनि छाडेन । कुकुर आफ्ना मालिकको लासनजिकै गएर लुटुपुटु गरी बसिरह्यो ।

समाचार हो, मेक्सिकोको उत्तरपूर्वी राज्य नुएभो लियोनको । राज्यको मोन्टेमोरेलोस शहरमा रहेको रेलको लिकमा ५७ वर्षे भिक्टर रेयना भाजकेजलाई रेलले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । रेलले एकाबिहानै ठक्कर दिने बेला उनी त्यहाँ रक्सी पिइरहेका थिए ।

तर, जब रेडक्रसका उद्धाकर्ताहरुले उनको शव फेला पारे, शवनजिकै उनको कुकुर लुटुपुटु गरेर बसिरहेको थियो । उद्दारकर्ताहरुले उनको शव लैजान कुकुरलाई त्यहाँबाट बलजफ्ती हटाउनुपर्‍यो ।

तर, पनि कुकुर मानेन । उसले आफ्ना मालिकको शव हटाउन आउने प्रहरीलाई टोक्न समेत जाइलाग्यो । यसक्रममा एकजना प्रहरी घाइते समेत भए ।

त्यहाँका स्थानीयका अनुसार कुकुरका मालिक निकै जँड्याहा थिए । त्यो कुकुरले उनलाई धेरै वर्षदेखि साथ दिँदै आएको थियो ।
घटनापछि कुकुरलाई के गरियो भन्ने स्पष्ट भएको छैन । यद्यपि सामाजिक सञ्जालमा मानिसहरुले कुकुरलाई सहाराको खाँचो पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : १२ बजे

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो