नेपालमा ४६२ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

नेपालमा ४६२ कोरोना संक्रमित होम आइसोलेसनमा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हाल रहेका संक्रिय कोरोना संक्रमितमध्ये ४६२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार शुक्रबार विभिन्न प्रदेशमा ४६२ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

मन्त्रालयको तथ्यांकका अनुसार शुक्रबारसम्म ८ हजार ३७५ जना संक्रिया कोरोना संक्रमित छन् । ती मध्ये ४६२ जना होम आइसोलेसन र ७ हजार ९१३ जना संस्थागत तथा अस्पतालहरुको आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयको तथ्यांकका अनुसार होम आइसोलेसनमा रहेका सबै भन्दा धेरै संक्रमित सुदूरपश्चिम प्रदेशमा छन् ।

सुदूरपश्चिम प्रदेशमा १०७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर २ मा ९८ जना, प्रदेश १ मा ९३ जना, प्रदेश ५ मा ८१ जना रहेका छन् ।

यस्तै बागमती प्रदेशमा ७५ जना र कर्णाली प्रदेशमा ८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा भने केही पनि संक्रमित होम आइसोलेसनमा छैनन् ।

संस्थागत आइसोलेसनमा रहेका संक्रिय संक्रमितहरु प्रदेश नम्बर २ मा बढी रहेका छन्

मन्त्रालयको तथ्यांकका अनुसार प्रदेश नम्बर २ मा ३ हजार ७४९ जना संक्रिय संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

यस्तै बागमती प्रदेशमा १ हजार ८५८ जना, सुदूरपश्चिम प्रदेशमा ८१५ जना, प्रदेश १ मा ७९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै प्रदेश ५ मा ६७२ जना, गण्डकी प्रदेशमा २५७ र कर्णाली प्रदेशमा २२६ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

ती मध्ये ९८ जना आइसीयु र ४ जना भेन्टिलेटरमा समेत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

नेपालमा शुक्रबार ५९४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा २४० सहित १७ हजार ७७ जना निको भएका छन् भने । आज थप ४ जना सहित ९९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौं लगायत संक्रमित धेरै देखिएका क्षेत्रहरुमा संस्थागत आइसोलेसन अर्थात अस्पतालमा वेड अभाव हुन थालेको जनाएको छ ।

मन्त्रालयले अस्पतालहरुमा वेड अभाव हुन थालेको बताइरहँदा देशभर ४६२ जना संक्रमित होम आइसोलेसनमै रहेको पनि मन्त्रालयले जनाएको हो ।

संक्रमित राख्ने वेड अभाव हुन थालेपछि स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रका अस्पतालहरुलाई समेत अस्पतालको वेड क्षमताको २० प्रतिशत वेड कोरोनाका बिरामीका लागि छुट्याउन अपिल गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : २२ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक