कोरोना कहर : सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र जरुरी मुद्दामात्र हेर्ने « Khabarhub

कोरोना कहर : सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र जरुरी मुद्दामात्र हेर्ने


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै  पुनः सेवा संकुचन गर्ने निर्णय गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै सर्वोच्चले भदौ १५ गतेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, गम्भीर प्रकृतिका, संवेदनशील, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता र सुनुवाइ मात्रै गर्ने जनाएको छ ।

त्यस्तै, मुद्दा फिर्ता र मिलापत्रका काम पनि यो अवधिमा हुने सर्वोच्चको सूचनामा उल्लेख छ।

सर्वोच्चले भदौ १५ गतेसम्म नियमित मुद्दाको सुनुवाइ नहुने जानकारी सूचनामार्फत् गराएको छ। पुराना मुद्दाका पुनरावेदन र पुनरावलोकनको सुनुवाई पनि अब रोकिने भएको छ।

सर्वोच्चको सूचनापछि सार्वजनिक सरोकारको रिटमा पनि तत्काल सुनुवाइ गर्नैपर्ने बाहेकका अरुमा सुनुवाइ नहुने भएको छ।

काठमाडौं उपत्यकाको हकमा भने साउन ८ गतेबाट सुरु भएको म्याद र हदम्याद कायम हुने सर्वोच्चले जनाएको छ।

सर्वोच्चले जारी गरेको सूचना

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : ३७ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक