एनआरएनए कतारले उपलब्ध गरायो ६ हजार ५ सय नेपालीलाई खाद्यान्न « Khabarhub

एनआरएनए कतारले उपलब्ध गरायो ६ हजार ५ सय नेपालीलाई खाद्यान्न



दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण शुरू भएदेखि अहिलेसम्म कोरोना प्रभावित ६ हजार ५ सय नेपाली श्रमिकलाई खाद्यान्न उपलब्ध गराएको जनाएको छ ।

विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

कतारस्थित नेपाली दूताबासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली श्रमिकलाई अझै खाद्यान्न वितरण गरिरहेको अध्यक्ष मुसलमानले बताए ।

अहिलेसम्म विभिन्न चरणमा गरी ६ हजार ५ सय ९० कोरोना प्रभावित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिएको उनले बताए ।

कोरोनाले कतारमा रहेका नेपालीलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरे ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध गराइसकेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएका नेपालीहरू स्वदेश फर्कने क्रम अझै जारी छ ।

अहिलेसम्म कतारबाट ३० वटा उडानमार्फत ५ हजार ४६५ जना स्वदेश फर्किएका छन् ।

दूतावासले पछिल्लो पटक सार्वजनिक गरेको सूचीमा अझै घर फर्किने नेपालीको सङ्ख्य ९ हजार ३ सय ८५ जना रहेको जनाएको छ । थप उडान कहिले हुने भन्नेबारे भने केही खुलाइएको छैन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : २५ बजे

रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकाहरूलाई जबरजस्ती रूसमा नराखी तत्काल

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा

एजेन्सी– अमेरिकामा नवजात हेपाटाइटिस–बी खोपले विवाद निम्त्याएको छ । राष्ट्रपति

नेपालमा माटोको गुणस्तर खस्कँदो, ५४ प्रतिशत माटो अम्लीय

काठमाडौं– नेपालको खेतीयोग्य जमिनको माटोको गुणस्तर दिनानुदिन खस्कँदै गएको सरकारी

जेन-जी आन्दोलनमा जलाइएको भाटभटेनी गोदाम तीन महिनामै खुल्यो (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण क्षति

टस जितेर चितवनले रोज्यो पहिला फिल्डिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो