एनआरएनए कतारले अहिलेसम्म ६५ सय नेपालीलाई खाद्यान्न बाढ्यो : अध्यक्ष मुसलमान « Khabarhub

एनआरएनए कतारले अहिलेसम्म ६५ सय नेपालीलाई खाद्यान्न बाढ्यो : अध्यक्ष मुसलमान


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म कोरोना प्रभावित नेपाली कामदारका लागि राहत वितरण गरिरहेको जनाएको छ ।

विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले जानकारी दिए ।

कतारस्थित नेपाली दूताबासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई अझै खाद्यान्न वितरण कार्य जारी रहेको अध्यक्ष मुसलमानले बताए ।

अहिलेसम्म विभिन्न चरणमा गरि ६ हजार ५ सय ९० कोरोना पीडित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिसकिएको उनले बताए । कोरोनाका कारणले कतारमा रहेका नेपालीलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बरमा सम्पर्क गर्न समेत उनले आग्रह गरे ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध गराइसकेको छ ।

यता, कतारबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या दिनप्रति दिन बढीरहेको छ भने अहिलेसम्म ३० औ उडानमार्फत ५ हजार ४६५ जना मात्र स्वदेश फर्किएका छन् ।

दूतावासले पछिल्लो पटक सार्वजनिक गरेको सूचीमा अझै घर फर्किने नेपालीको सङ्ख्य ९ हजार ३ सय ८५ जना रहेको जनाएको छ । थप उडान कहिले हुने बारे दूतावासले केहि खुलाएको छैन ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : २२ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु