नागिनको अवतारमा मनिषादेखि श्रीदेवीसम्म आउँदा फिल्म सुपरहिट « Khabarhub

नागिनको अवतारमा मनिषादेखि श्रीदेवीसम्म आउँदा फिल्म सुपरहिट


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड होस् वा भारतीय टेलिभिजन नाग र त्यसमा आधारित कथाले स्थान पाउने गरेका छन् ।

एकता कपूरको चर्चित टेलिभिजन सिरीयल नागिनको हरेक वर्ष झै कुनै न कुनै टेलिभिजन पर्दा पाउने गरेको छ ।

नाग, नागिनको कथालाई फिल्मी पर्दामा भारतीय दर्शकले निकै रुचाएका छन् । यस अलावा बलिउडमा समेत नागिनका बिषयमा फिल्म बन्ने गरेको छ ।

आज हामी नागिनका बिषयमा बनेका बलिउडका केहि चर्चित फिल्मको चर्चा गर्नेछौ :

१. तुम मेरे हो
करियरको शुरुवातमा आमिर खान अहिले जस्तो उत्कृष्ट अभिनयको छाप छोड्न सकेका थिएनन् । त्यसैले उनी अलग अलग रोलका फिल्म गर्दथे ।

उनले नागिनको बिषयमा बनेको फिल्म तुम मेरे हो मा जूही चावलाका साथ काम गरेका थिए । यो फिल्ममा जुही नागिनको भूमिकामा थिइन् र आमिर उनीसँग प्रेम गर्दथे ।

२. शेषनाग
बलिउडको सफल चलचित्र मध्ये एक शेषनागमा दुई इच्छाधारी नागको बिषयमा फिल्म बनाइएको थियो ।

शेषनागका पछि एक अघोरी लागि परेका थिए । यस फिल्ममा पुरानो जमानाकी चर्चित अभिनेत्री रेखाको अभिनय थियो ।

३. नाचे नागिन गली गली
मीनाक्षी शेषाद्रीले नागिनको भुमिका निभाएको फिल्म नाचे नागिन गली गली पनि निकै चर्चित थियो ।

यस फिल्ममा भारतीय टेलिभिजनमा कृष्णको भूमिकाबाट चर्चामा आएका अभिनेता नितीश भारद्वाज समेत नागको भूमिकामा थिए । यसमा नागमणीको विषयलाई केन्द्र बनाइएको थियो ।

४. नागिन
मल्टी स्टारर फिल्म नागिनमा रीना राय स्टाइलिस भूमिका देखा परेकि थिइन् । फिल्ममा उनी प्रेमीको बदला लिने नागिन बनेकी थिइन् । सन् १९७६ मा रिलिज भएको यो फिल्म सुपरहिट भएको थियो । यस फिल्मबाट रीनाले फिल्म फेयर वेष्ट फिमेल एक्टर पाएकि थिइन् ।

५. नगीना
चर्चित मै तेरी दुश्मन गीत भएको फिल्म नगिनामा श्रीदेवी नागिनको भूमिकामा थिइन् । सन् १९८६ को ब्लकबस्टर फिल्म नगिना यति हिट भयो कि ३ बर्षपछि यसको सीक्वेल निगाहे बनाइएको थियो । तर श्रीदेवीको अभिनय भएर पनि निगाहे बक्स अफिसमा सफल रहन सकेन ।

६. जानी दुश्मन : एक अनोखी कहानी
जानी दुश्मन : एक अनोखी कहानीको कथा शीर्षक अनुसार अनौठो थियो । मनीषा कोइराला र अरमान कोहलीले यस फिल्ममा नाग नागिनको भुमिका निर्वाह गरेका थिए । मल्टि स्टारर यस फिल्म सुपरहिट भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ५५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले