कोरोना संक्रमणबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगर तीनपैनीकी महिलाको धरानमा निधन भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत उनको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार धरान रिफर गरिएको थियो ।

ती महिलाको आइतबार बिहान १२ बजेर ३० मिनेटमा निधन भएको हो । प्रवक्ता डा. सापकोटाका अनुसार मृतक महिलामा दीर्घकालीन रोगसँगै फोक्सो र थाइराइडको समस्या थियो । शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृतकको संख्या १० पुगेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : २९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६