आज थपिए ६४१ कोरोना संक्रमित, १३४ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए ६४१ कोरोना संक्रमित, १३४ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुग्यो


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आाइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार एपीएफअस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ३ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका २७ जना, मोरंगका एकजना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकका १० जना, बर्दियाका २ जना, दाङका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बिध ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका ६ जना, ललितपुरका एकजना, मोरङका ६ जना र पर्साका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बी एण्ड बी अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना,  धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पर्साका ११जना, गजेन्द्र नारायण अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका ११ जना, सिराहा २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, धनुषाका एकजना, कंचनपुरका एकजना, काठमाडौंका १९ जना, ललितपुरका एकजना, नुवाकोटका एकजना, पर्साका २ जना, सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका एकजना, रुकुम पश्चिमका एकजना, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका एकजना, मोरङका ७३ जना, सिराहाका एकजना, सुनसरीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना, नवलपरासी पश्चिमका ३ जना, रुपन्देहीका ३ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, पर्साका ४६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नेपाल कोरियन मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ४ जना, पर्साका एकजना, सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ६५ जना, काठमाडौँका १७ जना, रौतहटका १३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नेसनल प्याथ ल्याब रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका एकजना, रुपन्देहीका २८ जना, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ५ जना, तनहुँका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, धनुषाका ३ जना, काठमाडौंका ९जना, ललितपुरका २७ जना, महोत्तरीका एकजना, मकवानपुरका एकजना,  सुनसरीमा एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा बाराका एकजना, मोरङका २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३२ जना, महोत्तरीका ७ जना र  रौतहटका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना, नवलपरासी पश्चिमका २ जना,  रुपन्देहीका २७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा गरिएको परीक्षणमा बाग्लुंगका एकजना, कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका एकजना, पर्साका एकजना र तनहुँका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ३जना, रोल्पाका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ९ जना, कंचनपुरका ४ जनामा कोरोना पुष्टि भएको छ ।

सुरिया ल्याबमा गरिएको परीक्षणमा बाराका एकजना, झापाका एकजना, काठमाडौँका ६ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, भक्तपुरका २ जना, धनुषाका एकजना, काठमाडौंका ९ जना, ललितपुरका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौँका २४ जना, ललितपुरका २ जना, सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै त्रि बि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका एकजना, भक्तपुरका ३ जना, कैलालीका २ जना, काठमाडौंका २९ जना, लम्जुङ्गका एकजना, नवलपरासी पश्चिमका २ जना, पर्साका एकजना र ताप्लेजुंगका एक जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ३३५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

संक्रमणमुक्त भएकाहरुको प्रदेशगत विवरण

प्रदेश १ मा ११०८जना

प्रदेश २ मा ३६१२ जना

वाग्मती प्रदेश ६५४ जना

गण्डकी प्रदेशमा १५२८ जना

प्रदेश ५ मा ४२८८ जना

कर्णाली प्रदेशमा १९३८ जना

सुदूरपश्चिम प्रदेशमा ४२०७ जना

सक्रिय संक्रमित ५०० भन्दा बढी भएका जिल्ला 

प्रवक्ता गौतमका अनुसार नेपालका ५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । ५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ५ जिल्ला यी हुन्-

मोरङ
पर्सा
महोत्तरी
रौतहट
काठमाडौं

नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमणमुक्त भएका छन् ।  ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितहरू शून्य भएका जिल्लाहरू

संखुवासभा
मनाङ
मुस्ताङ
डोल्पा
हुम्ला

कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुग्यो

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ। जसमा ८१ पुरुष र २३ महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म कुन प्रदेशमा कति जनाले  ज्यान गुमाए ?

प्रदेश नं. १ – ९ पुरुष,१ महिला

प्रदेश नं. २ – ३४ पुरुष, ११ महिला

बाग्मती प्रदेश- १३ पुरुष, ५ महिला

गण्डकी प्रदेश- ६ पुरुष

प्रदेश नं. ५ – १० पुरुष, ३ महिला

कर्णाली प्रदेश – ४ पुरुष

सुदूरपश्चिम प्रदेश- ५ पुरुष र ३ महिला

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : १२ बजे

देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं– यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको

त्रियोग चेस सम्पन्न

काठमाडौं – त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर

बागलुङमा करिब ६ हजार घर बाढीपहिरोको जोखिममा

बागलुङ- बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको