लगानी बोर्डको सीईओको काम गर्न भट्टलाई बाटो खुल्यो « Khabarhub

लगानी बोर्डको सीईओको काम गर्न भट्टलाई बाटो खुल्यो


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न सुशील भट्टलाई बाटो खुलेको छ ।

उच्च अदालत पाटनका न्याायाधीश इश्वरराज आचार्य र ठाकुर प्रसाद शर्मा पौडेलको संयुक्त इजलाशले भट्टविरुद्ध आइतबार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

यसअघि साउन २७ गते नहकुल सुवेदीको इजलाशले साउन ३२ गतेसम्म कार्यकारीका रुपमा काम नगर्न भन्दै छलफलमा झिकाएको थियो ।

उच्च अदालतको पछिल्लो आदेशपछि भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न बाटो खुला भएको छ । साउन १९ गते सरकारले भट्टलाई लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

तर सो पदको लागि भट्टको योग्यता नपुग्ने र व्यक्तिगत स्वार्थ भएकोले बोर्डको सञ्चालक समितिको बैठकमा उनको उपस्थितले स्वार्थ बाझिने भन्दै सो नियुक्तिलाई तत्काल बदर गर्न माग गर्दै साउन २५ गते अधिवक्ता जयबहादूर भुजेलले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : ३१ बजे

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ