भारतमा २६ लाखभन्दा बढीमा कोरोना संक्रमण, ५१ हजार बढीको मृत्यु « Khabarhub

भारतमा २६ लाखभन्दा बढीमा कोरोना संक्रमण, ५१ हजार बढीको मृत्यु


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख १८ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार १९५ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ५ : ४६ बजे

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख