कोरोना संक्रमण बढेपछि ४१ जिल्लामा अनेक प्रतिबन्ध | Khabarhub Khabarhub

कोरोना संक्रमण बढेपछि ४१ जिल्लामा अनेक प्रतिबन्ध

कतै निषेधाज्ञा त कतै लकडाउन र सिल


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ४१ जिल्लामा विभिन्न स्वरूपका प्रतिबन्ध लगाइएको छ ।

गृह मन्त्रालयका अनुसार आइतबार बेलुकासम्म २८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने १३ जिल्लाका सम्बन्धित स्थानीय तहले कतै सिल त कतै लकडाउन गरेका छन् ।

मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ ।

चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकुम पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकका भने आशिंक क्षेत्रमा निषेधाज्ञा र केही स्थानीय तहमा लकडाउन नै भएको लामिछानेले जानकारी दिए ।

यस्तै नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरि नै अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ ।

सरकारले साउन ६ गते मध्यराति देखि लकडाउन अन्त्य भएको घोषणा गरेपछि अस्वाभाविक ढंगले संक्रमण बृद्धि भएको थियो । साउन ६ मा ४० जना कोरोना संक्रमितको मृत्यु भएकोमा त्यसयता मात्रै थप ६४ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार साउन ३२ गतेसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृतक र संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला तथा स्थानीय तहलाई दिइएको अधिकार प्रयोग गरी निषेधाज्ञा र लकडाउन गर्ने क्रम बढेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ४० बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको