प्रादेशिक अस्पताल जनकपुरमा आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु « Khabarhub

प्रादेशिक अस्पताल जनकपुरमा आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषामा थप एकजना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार धनुषाको धनौजी गाउँपालिकाका ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो ।

ती पुरुषको साउन २६ गते स्वाब संकलन गरी गरिएको परीक्षणमा साउन ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएकै दिन उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि भर्ना गरिएको थियो ।

कोरोनाको कडा खालको लक्षण अर्थात् कडा खालको निमोनियाबाट ग्रसित भएका ती पुरुषको आइसियुमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेकाले उनलाई आज भेन्टिलेटरमा सार्ने तयारी थियो । तर, उनको आज बिहान आइसियुमै रहँदा मृत्यु भएको झाले खबरहबलाई बताए ।

‘धनुषाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ,’ झाले खबरहबसँग भने, ‘उहाँमा ३१ गते कोरोना पुष्टि भयो, त्यही दिन श्वासप्रश्वासमा समस्या देखिएर प्रादेशिक अस्पताल जनकपुरमा आइसियुमा राखिएको थियो, आज भेन्टिलेटरमा सार्ने भनेका थियौं, तर बिहान नै उहाँको मृत्यु भयो ।’

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ३ : ०१ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले