प्रदीप जी, अब त सोच्नैपर्ने बेला आएन र ? « Khabarhub

प्रदीप जी, अब त सोच्नैपर्ने बेला आएन र ?


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्कालाई चकलेटी र हलमा दर्शक ल्याउने ल्याकत भएका कलाकार भनेर धेरैले उचाले । चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ ले व्यावसायिक रुपमा सफलता हासिल पनि गरे । त्यसपछिका उनका फिल्मले भने खासै कमाल गर्न सकेका छैनन् ।

यसअघि उनले अभिनय गरेको फिल्म ‘रोज’ पनि व्यावसायिक रुपमा असफल भएपछि प्रदीप खड्काले मिडियामा केही कुरामा चुकेको भन्दै आफ्नो बचाउ गरेर अरूलाई दोष थोपरेका थिए । उनले त्यतिबेलै भनेका थिए, ‘फिल्म मेरो कारणले मात्र चल्दैन, फिल्म चल्नका लागि पूरै टिमको भूमिका हुन्छ ।’

मिडियामा उनले आफू फिल्म ‘रोज’ मा चुकेको पनि स्वीकारेका थिए । लगत्तै उनले ‘लभ स्टेशन’ साइन गरेका थिए । यो फिल्ममा उनले जसिता गुरुङसँग जोडी बाँधे । प्रदीप र जसिताको जोडी यसअघि फिल्म ‘लिलिबिली’ मा पनि थियो । जसकारण प्रदीपसँगै जसिताको पनि चर्चा भइरहेको थियो ।

दर्शकलाई मात्र होइन, फिल्ममेकरलाई ‘लभ स्टेशन’ फिल्म राम्रो बन्छ भन्ने लागेको थियो । किनकि, प्रदीपले फिल्म ‘रोज’ मा ठक्कर खाएपछि पक्कै बुझेका छन् भन्ने धेरैलाई लागेको थियो ।

तर, फिल्म रिलिज भएपछि थाहा भयो, यो फिल्म चोरीको कथामा बनेको रहेछ । फिल्म रिलिजकै दिनदेखि यही कमजोरीमा टेकेर समीक्षकले प्रदीप खड्कामाथि प्रहार गरे । फिल्ममाथि पनि प्रहार गरे ।

अहिले भने प्रदीप खड्काले अर्को तर्क गर्दै आएका छन् । उनले के भनेका छन् भने, फिल्मको समीक्षा रिलिजको एक हप्तापछि हुनुपर्छ ।

के यो सही हुन्छ ?

यसबाट के बुझिन्छ भने प्रदीप खड्का अझै पनि दर्शकलाई झुक्याउन चाहन्छन् । तर, विश्वभरिको ट्रेण्डअनुसार फिल्मको समीक्षा शनिबारसम्म आइपुग्छ । कुनै फिल्मको समीक्षा त रिलिजअघि नै हुन्छ । समीक्षाले दर्शकलाई सिनेमा हेर्न जाने र नजाने निर्णय गर्न पनि सजिलो हुन्छ ।

होला, फिल्म ‘लभ स्टेशन’ को कथा चोरी भएपनि नेपाली दर्शकले थाहा पाउँदैनन् भन्ने भ्रम थियो होला तर नेपाली दर्शक यति एडभान्स भइसकेका छन् कि, उनीहरुले छिनभरमै फिल्मको मूल्यांकन गर्न सक्छन् । यो कुरा प्रदीपले मात्र होइन, पूरै टिमले बुझ्नुपर्छ ।

दर्शकहरुले भन्न थालिसकेका छन्, ‘प्रदीप जी, तपाईं जत्तिको बुझ्ने र दर्शकको विश्वास जितेको कलाकारले पनि फिल्ममाथि आएका टिप्पणी नपचाउने र नसुध्रने हो भने तपाईंलाई भोलिका दिनमा आफ्नो करिअरमै ठेस लाग्छ भनेर सोच्नुभएको छ ? अब त एकपटक ‘कुल’ भएर सोच्ने पो हो कि ?’

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ११ : २३ बजे

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम