डेडिकेटेड र ट्रंक लाइन विवाद : प्रमाण देखाए पैसा तिर्ने संस्थाहरुको अडान | Khabarhub Khabarhub

डेडिकेटेड र ट्रंक लाइन विवाद : प्रमाण देखाए पैसा तिर्ने संस्थाहरुको अडान



काठमाडौं- ट्रंक लाइन र डेडिकेटेड लाइनका विषयमा देखिएको विवाद समाधानका लागि सरकारले गठन गरेको समितिले दिएको सिफारिसको संघ/संस्थाहरुले विरोध गरेका छन् ।

उच्चस्तरिय समितिले महशुल निर्धारण गर्ने विषयमा सिफारिस गरेपछि नेपाल सिमेन्ट उत्पादक संघ, नेपाल स्टील रोलिङ मिल्स एशोसिएसन र नेपाल धागो उत्पादक संघले आपत्ति जनाउँदै डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत आपूर्ति नभए पनि जबर्जस्ती अतिरिक्त महसुल निर्धारण गरेर बिल पठाएको बताएका छन् ।

यस्तो छ सिफारिस

ट्रंक लाइन, डेडिकेटेड लाइन र त्यसको प्रयोग गरेबापतको महशुलका विषयमा उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच लामो समयदेखि चलेको विवाद समाधानका लागि सरकारले उर्जा सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिले २०७२ साल पुष १९ गतेदेखि ०७५ बैशाख ३१ सम्म लोडसेडिङका बेला पनि लोडसेडिङमा नबसेको देखिएको भन्दै डेडिकेटेड विद्युत प्रयोगको महशुल उठाउन सिफारिस गरेको छ ।

तर व्यवसायीहरुले भने विद्युत प्राधिकरण आफैले तोकेको समयअनुसारको विजुली दिन नसकेको र प्राधिकरण आफैले डेडिकेटेड फिडर बन्द गरी डिजेल प्लान्ट वा अन्य स्रोतबाट विजुली खपत गरेपनि प्राधरिकणले भने डेडिकेटेड फिडरकै विजुलीको विल तिर्न भनेकाले विरोध गर्नुपरेको दाबी गरेका छन् ।

के थियो प्राधिकरणको निर्णय ?

नेपालमा लोडसेडिङ शुरु भएपछि उद्योगमा समेत त्यसको असर परेको र नेपाली अर्थतन्त्र नै नकारात्मक असर पर्ने भन्दै नेपाल विद्युत प्राधिकरणले आवश्यकता हुने र चाहना भएका उद्योगीहरुले निरन्तर विद्युत् आपुर्ति (डेडिकेटेड फिडर) लिनसक्ने निर्णय गरेको थियो ।

२०७२ साल असार १२ गते बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडरबाट बिजुली दिने निर्णय गरेको थियो । जुन निर्णयमा २४ घण्टासम्म निरन्तर विजुली दिनुपर्ने र त्यसको महशुल प्रयोगकर्ताले तिर्नुपर्ने उल्लेख छ ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदा उद्योगी व्यवसायीले डिजल जेनेरेटरबाट ऊर्जा व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्दा त्यसले उद्योगको उत्पादकत्वमा समेत असर परेको र नेपाली अर्थतन्त्रमा समेत नकारात्मक असर परेका कारण निरन्तर विद्युत् आपुर्ति गर्ने व्यवस्था मिलाउने विषयमा २०७२ असार १२ गते बसेको ७१६ औं संचालक समिति बैठकबाट स्वीकृत भएको थियो ।

जब प्राधिकरण आफै पछि हट्यो

डेडिकेटेड फिडरसम्बन्धी निर्णय कार्यान्वयनका लागि विद्युत प्राधिकरणले २०७२ पुस २० गते तोकिएको महशुल दर स्वीकृतका लागि विद्युत महसुल निर्धारण आयोगमा पठाएको र आयोगको पुस २९ गते बसेको बैठकबाट स्वीकृत गरेको थियो ।

त्यही वर्षकै माघ १२ गतेको गोरखापत्रमा ‘डेडिकेटेड फिडरमार्फत निरन्तर रूपमा बिजुली आपूर्ति लिने ग्राहकका लागि मात्रै उक्त महसुल लाग्नेछ ।’ भन्ने व्यहोराको सूचना समेत प्रकाशन गरिएको थियो ।

तर प्राधरिकण आफ्नै निर्णय एक महिना पनि कायम राख्न सकेन । त्यही वर्षकै फागुन ११ गते अर्थात् २०७२ फागुन ११ गते सरकारी अस्पताललाई मात्रै निरन्तर विजुली दिने र अरुलाई दिइएको डेडिकेटेड सुबिधा समेत दिननसक्ने निर्णय गरेपछि डेडिकेटेड फिडरमार्फत् विजुली उपभोग गरेका उद्योगहरु समेत लोडसेडिङमा बसेको दाबी व्यवसायीहरुको छ ।

जुन सूचनाकै आधारमा डेडिकेटेड फिडर लिएका उद्योगले समेत २०७५ वैशाख ३० गतेसम्म लोडसेडिङ ब्यहोरेको व्यवसायीहरुको जिकिर छ । व्यवसायीहरुको अहिलेको माग पनि त्यसै आधारमा आधारित रहेको देखिएको छ । लोडसेडिङमा बसेको बेलाको विजुलीको रकम पनि प्रयोग गरेको भन्दै कसरी तिर्ने ?

महशुल तिर्न तयार छौं, तर प्रमाण हुनुपर्‍यो

विद्युत प्राधरिकणले डेडिकेटेड र ट्रंक लाइनमार्फत विजुली खपत गरेको देखिए आफूहरु महशुल तिर्न तयार रहेको बताएका छन् ।

तीन संगठनद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘डेटा डाउनलोड गरेर लोडसेडिङको समयमा बिजुली उपभोग गर्ने उद्योगी कानूनी आधारमा चोरीको कारवाही भोग्न समेत तयार छौं । यदि २४ सै घण्टा बिजुली प्रयोग गरेको भए डेडिकेटेड महसुल पनि तिर्न तयार छौं ।’

नेपाल विद्युत प्राधिकरणका अनुसार औद्योगिक क्षेत्रमा झण्डै ८ हजार स्मार्ट मिटरहरु रहेका छन् । त्यस्ता मिटर जडान भएको ग्राहकहरुको हरेक वर्षको चैत महिनामा मिटर रिडिङसँगै अनिवार्य रूपमा उपभोग गरेको विजुलीको तथ्याङ्कसहितको डाटा डाउनलोड गर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । यो तथ्यांकका आधारमा डेडिकेटेड र ट्रंकमार्फत बिजुली खपत गरेको भए तिर्न तयार रहेको व्यवसायीहरुको भनाइ छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ११ : ०४ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ