भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ ।

भारतमा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५४ हजार २८८ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २७ लाख १ हजार ६०४ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७६ हजार २४८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७३ हजार ४३१ जनाको उपचार भइरहेको छ ।

को संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ८८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ९२५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ४८ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि