पोखराका १५ जनासहित गण्डकीमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

पोखराका १५ जनासहित गण्डकीमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका २५ जना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७६४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मंगलबार बिहान कास्कीका ४, नवलपुरका २ र बागलुङका २ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका कास्कीका सबै पोखरा महानगरपालिकाका हुन् । संक्रमित हुनेमा पोखरा महानगरपालिकाका वडा नखुलेका वर्ष ५० र २५ का दुई महिला तथा महानगरको वडा नम्बर ६ का वर्ष २३ र २८ वर्षका २ पुरूष छन् ।

यस्तै बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका वडा नम्बर २ मा १४ वर्षीया वालिका र ३७ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ मा ६ वर्षीय बालक र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

यसअघि सोमबार राति गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिएका थिए । सोमबार राति कास्कीका ११ जना, तनहुँका २ जना, नवलपुर, लमजुङ, बाग्लुङ र स्याङ्‌जाका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो ।

सोमबार रातिको विवरणअनुसार बागलुङ नगरपालिकाको वडा नखुलेका २६ वर्षीय एक पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

नवलपुरको विनय त्रिवेणीको वडा नम्बर १ मा २८ वर्षीय पुरूष, लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय र स्याङ्जाको पुतलीबजार नगरपालिकामा ६० वर्षीय एक पुरुषमा संक्रमण देखिएको थियो ।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ का २३ र ३१ वर्षीय २ महिलामा पनि संक्रमण पुष्टि भएको छ । सोमबार राति संक्रमण पुष्टि भएका बाँकी ११ जना भने कास्कीका पोखरा महानगरपालिका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : २७ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग