कुवेतमा अलपत्र नेपालीको बिलौना : खानलाई पैसा छैन, पटक-पटक आग्रह गर्दा पनि कसैले सुनेनन् | Khabarhub Khabarhub

कुवेतमा अलपत्र नेपालीको बिलौना : खानलाई पैसा छैन, पटक-पटक आग्रह गर्दा पनि कसैले सुनेनन्



दोहा- काठमाडौंस्थित एसआरके नेपाल मेनपावरमार्फत १८ महिना अघि कुवेत पुगेका ३३ नेपाली बिचल्लीमा परेका छन् ।

कुवेतस्थित अल राकिव बिल्डिंग कंस्ट्रक्शन कम्पनीमा उनीहरु बिगत ६ महिनादेखि अलपत्र अवस्थामा छन् ।

सुनौलो भविष्यको सपना बोकेर कुवेत पुगेका रोल्पाका प्रकाश मगर भन्छन्, ‘मेनपावरले भने अनुसार यहाँ न त काम पाइयो न त दाम नै, कोरोना कहरबीच १० घण्टा काम लगाए पनि पैसा पाएका छैनौं, आज दिन्छु भोलि दिन्छु भन्दै ६ महिना बितिसक्यो, हात-मुखको जोहो गर्न पनि धौ-धौ को अवस्था छ ।’

उक्त कम्पनीमा काम गर्ने ३३ जना नेपाली कामदारहरुको अवस्था नाजुक बन्दै गएको मगर बताउँछन् ।

पीडितहरुका अनुसार अहिलेसम्म केही नेपाली संघ सस्थाले खाद्यन उपलब्ध गराए पनि त्यो खाद्यन सकिएको र अन्य खानेकुरा किन्न आफूहरुसँग पैसा नहुँदा कसरी बाच्ने हो भन्ने पिरलो परेको छ ।

उनीहरु भन्छन्, ‘ यो अवस्थामा नेपाल सरकारले हामीलाई छिटो भन्दा छिटो उद्धार गरोस् ।’

अफूहरू घर फर्कन चाहेको भएपनि कम्पनीले कुनै चासो नदेखाएको उनीहरुको भनाइ छ । केहि दिनदेखि आफूहरुले राम्रोसँग खाना खान समेत नपाएको उनीहरु बताउँछन् ।

आफूहरुले केही राहत मिल्छ कि भन्ने हेतुले कुवेतस्थित नेपाली दूतावासमा पटक-पटक जानकारी गराउँदा दूतावासका कर्मचारीहरु कोठामै आएर समस्या देखेर जाँदा समेत उद्धारको आश्वासन बाहेक केही नपाएको उनीहरुको गुनासो छ ।

कुवेतको लेबरकोटमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएकोमा पीडितहरुले बताए ।

म्यानपावरमा सम्पर्क गर्दा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कसैले केही नगरेको उनीहरुको भनाइ छ ।

आफूहरुको एउटा सानो कोठामा १९-२० जना बस्नु परेका कारण कष्टकर जीवन बिताउन बाध्य भएको उनीहरु बताउँछन् ।

यता, वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुको छाता संगठन एनआरएन कुवेतले पनि आफूहरुको उद्धारका लागि नामावली लिएको तर अहिलेसम्म कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ५२ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा