कोरोना संक्रमणबाट नवलपरासी कांग्रेसका उपसभापति गिरीको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट नवलपरासी कांग्रेसका उपसभापति गिरीको निधन


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको मंगलबार बिहान निधन भएको छ ।

उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

निमोनियासमेत देखिएका उनको कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल पुर्‍याइएका उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

मेडिकल कलेज भैरहवामा पित्त थैलीको अपरेशन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । आफूलाई कोरोना पोजेटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेण्टाइनमा बस्न आग्रहगर्दै अस्पताल शैयाबाट गिरीले फेसबुकमा स्ट्याटस लेखेर सबैलाई सजग गराएका थिए ।

बुटवलबाट पाटन अस्पतालमा लैजानका लागि परिवारजनले २ दिनसम्म हेलिकप्टर र एम्बुलेन्स खोजेपनि नपाएपछि गिरी परिवारले आफ्नै जिल्ला पश्चिम नवलपरासीमा सञ्चालन हुने एम्बुलेन्स बोलाएर पाटन अस्पताल पुर्‍याएका थिए ।

तत्कालीन फोरम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा समाहित भएपछि गिरी कांग्रेसको जिल्ला उपसभापति बनेका थिए ।

यसैबीच परासीकै अन्य पार्टीका दुई जना नेताहरुमा कोरोनाको लक्षण देखिएपछि उनीहरुको बुटवल र काठमाण्डौंमा उपचार भइरहेको छ । पश्चिम नवलपरासीमा समुदाय स्तरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

हालसम्म जिल्लामा १ सय ४० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १० : ४३ बजे

सिजीका घरायसी सामाग्रीको दशैँ अफरमा १० ग्रामको सुनको सिक्का चितवनकी दामन्तीलाई 

काठमाडौं–  सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ,

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौं–  सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको

घर जाने बाटोमा कहाँ चार्ज गर्न पाइन्छ बिजुलीगाडी ?

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

काठमाडौं– नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित