कोरोना संक्रमित बढेपछि कास्कीमा पनि निषेधाज्ञा लागू « Khabarhub

कोरोना संक्रमित बढेपछि कास्कीमा पनि निषेधाज्ञा लागू


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- आज रातिदेखि लागू हुनेगरी कास्कीमा निषेधाज्ञा जारी गरिएको छ।

आज राति १२ बजेदेखि यही भदौ ७ गते राति १२ बजेसम्मका लागी कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कार्यालयका अनुसार आज बिहान बसेको जिल्ला स‌ंकट व्यवस्थापन समितिको बैठकले पोखरा सहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि पोखरा भदौ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी भएको महानगरले जनाएको छ ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्णा निजि, सार्वजनिक संघ संस्था सहित सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : ३४ बजे

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगञ्ज– सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर

पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त

काठमाडौं– घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च

प्रसाईँलाई पक्राउबारे लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारणसहित

रूबीको भद्र दबाबसामु झुक्यो सरकार, तर निर्मलालाई कहिले मिल्ला न्याय ?

काठमाडौं– धेरैलाई लागेको थियो–नयाँ सरकारले न्याय सम्पादनमा छिटोछरितोपन अबलम्बन गर्नेछ