राष्ट्रिय झण्डा जलाएको आरोपमा एक व्यक्ति पक्राउ « Khabarhub

राष्ट्रिय झण्डा जलाएको आरोपमा एक व्यक्ति पक्राउ


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

सोमवार ‘देशद्रोही’ बोलको गीत युट्युबमा सार्वजनिक भएको थियो । उक्त गीतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्य थियो ।

‘देशद्रोही’ बोलको गीतमा राष्ट्रिय झण्डा जलाउनुका साथै नेपालका नेताहरुलाई गाली गर्ने र जातीय घृणा फैलाउन उक्साउन बल पुर्‍याउने खालको थियो ।

यो गीतले समाजमा जातीय दंगा फैलाउन सक्ने भन्दै व्यापक विरोध गरिएको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा झण्डाको अपमान गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था गरेको छ ।

सोमवार सार्वजनिक गरिएको गीत मंगोल हप अफिसियल नामक युट्युब च्यानलमा अपलोड गरिएको थियो । उक्त गीतमा गायकले आफूलाई हिपहप गायकका रुपमा प्रस्तुत गरेका छन् ।

मंगोल ग्याल्ज ली नामक व्यक्तिले गाएको गीतले सामाजिक हिंसा भड्काउन सक्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले तत्काल कारबाही गर्न माग समेत गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ०९ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।